आईतवार, आश्विन ४,२०८३ 09:07:30
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 09:07:30
Bizshala
Global IME Bank Limited

माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाको उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाको उद्धार प्रयास तीव्र
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गणको टोलीले सुरुङ क्षेत्रमा खन्ने तथा खोजी गर्ने काम जारी राखेको छ। आज बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सैनिक उद्धार कार्यमा परिचालन भएका छन्।

यसअघि भदौ १४ गतेदेखि नै नेपाली सेना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सुरुङ क्षेत्रमा खोज तथा उद्धारको प्रयास सुरु गरेको थियो। उक्त दिन भैरवनाथ गणका १५ जना सैनिक तथा प्राधिकरणको टोली उद्धार कार्यमा खटिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि नेपाल सरकारको अनुमतिमा भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोली माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा पुगेर रेकी गरेको थियो।

चिनियाँ उद्धार टोलीले सोही दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको क्षेत्रमा समेत रेकी गरेको थियो। दुवै आयोजनाको स्थलगत निरीक्षणपछि टोलीले त्यहाँको वस्तुस्थितिबारे नेपाली सेनालाई जानकारी गराएको थियो।

भदौ १४ गते चिनियाँ उद्धार टोली रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो। यता माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा भने नेपाली सेना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धार कार्य अघि बढाएको हो।

बाढीका कारण आयोजनाको सुरुङ क्षेत्रमा क्षति पुगेपछि त्यहाँ मानिसहरू फसेको हुनसक्ने आशंका गरिएको छ। उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी सम्भावित स्थानमा निरन्तर खोजी तथा उत्खनन गरिरहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.