माथिल्लो त्रिशूली थ्री बीको सुरुङमा नेपाली सेनाको उद्धार प्रयास तीव्र
काठमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गणको टोलीले सुरुङ क्षेत्रमा खन्ने तथा खोजी गर्ने काम जारी राखेको छ। आज बिहान ९ बजेदेखि भैरवनाथ गणका थप १६ जना सैनिक...

