शुक्रबार, भाद्र १९,२०८३ 07:34:35
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 07:34:35
Bizshala
Global IME Bank Limited

दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङ छानबिन, थप कोही भेटिएनन्

दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङ छानबिन, थप कोही भेटिएनन्
New Office

 

काठमाण्डौ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवितै उद्धार गरिएपछि गरिएको थप खोजीमा शुक्रबार साँझसम्म अरू कुनै व्यक्ति फेला परेका छैनन्।

जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेसहितको टोलीले सुरुङका पहुँचयोग्य विभिन्न भागमा पुगेर खोजी गरेको थियो। न्यौपानेका अनुसार पहिलो चरणको विस्तृत खोजीका क्रममा जीवित वा मृत अवस्थामा थप कोही भेटिएनन्।

उनी स्वयं पनि सुरुङभित्र प्रवेश गरेर खोजीमा सहभागी भएका थिए।

शुक्रबार बिहान सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई जीवितै उद्धार गरिएको थियो। साह फोरम्यान र महर्जन सुपरभाइजरका रूपमा कार्यरत थिए।

दुवैलाई सुरुङबाट निकालेलगत्तै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरूको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको छ।

दुई जनाको सफल उद्धारपछि सुरुङभित्र थप मानिस हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर खोजीको दायरा बढाइएको थियो। नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोली पावरहाउस तथा सुरुङको भित्री भागमा पुगेको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उद्धारपछि साहले सुरुङभित्र अन्य व्यक्ति पनि हुनसक्ने बताएका थिए। त्यसपछि उद्धार टोलीले सुरुङका सम्भावित क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी गरेको हो।

तर शुक्रबार साँझसम्म गरिएको खोजीमा थप व्यक्तिको उपस्थिति पुष्टि हुन सकेको छैन।

यद्यपि, उद्धार टोलीले यसलाई खोजी समाप्त भएको निष्कर्षका रूपमा लिएको छैन। पहुँच कठिन क्षेत्र, भूमिगत संरचनाका अन्य भाग तथा बाढीले प्रभावित बनाएका सम्भावित स्थानमा अझै खोजी आवश्यक देखिएको छ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूली–३ ‘ए’ आयोजनाको पावरहाउस र सुरुङ क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो। त्यसपछि त्यहाँ कार्यरत केही कर्मचारी तथा प्राविधिक सम्पर्कविहीन भएका थिए।

बाढीले सुरुङको प्रवेश क्षेत्र ढुंगा, लेदो र भग्नावशेषले अवरुद्ध गरेपछि खोज तथा उद्धार जटिल बनेको थियो।

१० दिनपछि दुई जनाको जीवित उद्धारले आशा जगाए पनि थप खोजीमा अरू कोही नभेटिएपछि अब उद्धार टोलीको ध्यान अन्य सम्भावित स्थान र भूमिगत संरचनातर्फ मोडिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.