त्रिशूली–३ ‘ए’ सुरुङमा ७ ठूला ढुंगा विस्फोट गरी हटाइयो, पावर हाउस पुग्न १६० मिटर बाँकी
काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वारमा अवरोध बनेका सात वटा ठूला कडा ढुंगा विस्फोट गरी हटाइएको छ।सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेका अनुसार गएराति सुरुङको मुखमा जमेको पानी निकालेपछि भित्र प्रवेश गर्ने क्रममा ठूला ढुंगा भेटिएका थिए। ती ढुंगा विस्फोट गरी हटाइएपछि अहिले सुरुङभित्र अगाडि बढ्ने काम जारी छ।उनले सामाजिक सञ्जालमार्फत दिएको...

