हजारको नयाँ नोट आजदेखि चलनचल्तीमा, अगाडि सगरमाथा र पछाडि रामलक्ष्मणको जन्मभूमिका हात्ती(भिडियोसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागले असोज ८ गतेदेखि ‘सिरिज २०२५’ को नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको हो। नोटको रंग र साबिकको आकारमा भने परिवर्तन गरिएको छैन।नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानीछाप छ। दृष्टिविहीन व्यक्तिले छामेर दर पहिचान गर्न...

