दुर्घटना बीमा निर्देशिका संशोधन, के–के भए थपघट ?
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ संशोधन गरेको छ । प्राधिकरणले समयसापेक्ष संधोधन गर्न वाञ्छनीय भएकाले बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी दुर्घटना बीमा निर्देशिका संशोधन गरेको हो । प्राधिकरणले संशोधित निर्देशिकाअन्तर्गत सामूहिक दुर्घटनाको बीमादर, औषधी उपचार खर्च, दाबी भुक्तानी जस्ता निर्देशनहरु संशोधन वा थप गरेको छ ।