सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो । बैठकले आजदेखि लागू हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो काम गरेको अनुभव रहेको छ । शाखा सञ्चालन...