काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
बैठकले आजदेखि लागू हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।
नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो काम गरेको अनुभव रहेको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।
वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिंग पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । उनी यस अघि पनि सिटिजन्स बैंकको सञ्चालकमा रुपमा रहेका थिए ।
सिटिजन्स बैंक इन्टरनेशनलले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।