कृत्रिम नाफा देखाएको फेला परेपछि अपि पावरको लाभांश विद्युत नियमन आयोगद्वारा अस्वीकृत
काठमाण्डौ । कृत्रिम नाफा देखाएर राम्रो इपीएस भएको वित्तीय विवरण प्रस्तुत गर्दै दोश्रो बजार मूल्य बढाएर बजारमा चलखेल गर्न खोज्ने अपी पावर कम्पनीले प्रस्ताव गरेको लाभांश रोकिएको छ । विद्युत नियमन आयोगले हुँदै नभएको नाफा देखाएर बोनस सेयर वितरण गर्न खोजेको र हिसाबकिताबमा कैफियत देखिएको भन्दै प्रस्तावित लाभांश वितरण गर्न अनुमति नदिने निर्णय गरेको हो ।