एपोलो हाईड्रोपावर १.९३ करोड घाटामा, ईपीएस ६.६५ रुपैयाँले ऋणात्मक
काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनी गत आवको चौथो त्रैमाससम्म १ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५३ लाख १४ हजार रुपैयाँ नाफामा थियो ।यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २५ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले दीर्घकालिन सम्झौताबाट ३ करोड ५४ लाख र ४ लाख ४८ हजार अन्य आम्दानी गरेको छ ।

