काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । कम्पनी गत आवको चौथो त्रैमाससम्म १ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५३ लाख १४ हजार रुपैयाँ नाफामा थियो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २५ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले दीर्घकालिन सम्झौताबाट ३ करोड ५४ लाख र ४ लाख ४८ हजार अन्य आम्दानी गरेको छ ।
खर्चगत रुपमा हेर्दा कम्पनीको प्रशासनिक खर्च ९४ लाख ८३ हजार, अन्य खर्च १ करोड ९ लाख र वित्त खर्च १ करोड ७७ लाख रहेको छ ।
४७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा १ करोड १३ लाख सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.६५ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०२.४१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३४.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२३.१५ गुणा र तरलता अनुपात ०.५११ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।