अर्थमन्त्री वाग्लेको कडा प्रतिवाद : दुई रुपैयाँ बदमासी प्रमाणित भए राजनीति छोड्छु
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दर हेरफेरमा बदनियत भएको आरोपको कडा प्रतिवाद गरेका छन् । उनले कुनै पनि निर्णयमा अनियमितता वा स्वार्थ जोडिएको प्रमाणित भए आफू राजनीति नै छोड्न तयार रहेको बताएका छन् ।मंगलबार राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री...

