अरुण भ्याली हाइड्रोपावरको लाभांश अनुमोदन, बोनस कति ?
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा कात्तिक १४ गते सम्पन्न भएको छ ।होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।