एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म छुटको व्यवस्था
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०८१ चैत मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा वैशाख १२ गतेदेखि असार २० गतेभित्र नविकरण गर्ने बीमितहरुलाई छुट प्रदान गरिने जनाएको छ ।