एशियन लाइफ इन्स्योरेन्सले बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने जनाएको हो। बाढीका कारण विस्थापित परिवारलाई राहत उपलब्ध गराउनुका साथै...

