Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 08:08:02
Bizshala
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्सले बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने

एशियन लाइफ इन्स्योरेन्सले बाढीपीडितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने
New Office

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने जनाएको हो। बाढीका कारण विस्थापित परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेको उद्धार तथा उपचार र प्रभावितको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors

कम्पनीले विपद्का कारण शोकमा रहेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका आफ्ना कर्मचारी तथा बीमितहरूको सकुशलताको कामना गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयास भइरहेका बेला निजी क्षेत्रका विभिन्न कम्पनी तथा संस्थाले समेत सरकारको राहत कोषमा आर्थिक सहयोग घोषणा गरिरहेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.