इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउप्रति बैंकिङ क्षेत्रको गम्भीर ध्यानाकर्षण
काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका चार प्रमुख छाता संगठनहरूले संयुक्त रूपमा गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले उक्त घटनाले समग्र बैंकिङ प्रणालीको विश्वास, स्थायित्व र कार्य वातावरणमा असर पार्न सक्ने भन्दै ध्यानाकर्षण गराएका हुन्।

