बल्खु सुकुम्बासी बस्तीमा डोजर : दोस्रो चरणको हटाउने अभियान शुरु
काठमाण्डौं, बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको व्यापक उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको छ। अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा तोकेको थियो।

