सोमबार, जेष्ठ ११,२०८३ 05:05:01
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 05:05:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बल्खु सुकुम्बासी बस्तीमा डोजर : दोस्रो चरणको हटाउने अभियान शुरु

Laxmi Sunrise Bank Limited
बल्खु सुकुम्बासी बस्तीमा डोजर : दोस्रो चरणको हटाउने अभियान शुरु
Shivam Cement

काठमाण्डौं, बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको व्यापक उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको छ।  

अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा तोकेको थियो।

 

Bizshala
New Office
CG Motors

सूचना जारी भएपछि प्रभावित क्षेत्रका बासिन्दाले आफ्नो सामान सार्ने काम तीव्र रूपमा अघि बढाएका थिए, जुन प्रक्रिया शुक्रबार बिहानसम्म पनि जारी रह्यो। बस्ती हटाउन ठूला डोजर (जेसीबी) परिचालन गरिएको छ।

काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानअन्तर्गत दोस्रो चरणको कार्य आजबाट शुरु भएको हो।

Garima Development Bank
Shivam Cement
Bizshala

यसै क्रममा टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायत क्षेत्रमा पनि अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको छ।

यसअघि पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू खाली गरिसकिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.