सुकुम्बासीका लागि काठमाडौँ र भक्तपुरका चार केन्द्र सञ्चालन, सात हजारभन्दा बढी नागरिक सरकारको सम्पर्कमा
काठमाण्डौं । सरकारले बागमती नदी र यसका सहायक खोलाका किनारमा रहेका जोखिमयुक्त सार्वजनिक तथा सरकारी जमिन खाली गराउने अभियानलाई तीव्र बनाएको छ।यस क्रममा आफूलाई सुकुम्बासी बताउने १,८१६ परिवारका ७,७८९ जना सरकारको सम्पर्कमा आएका छन्। सहरी विकास मन्त्रालयका अनुसार तीमध्ये ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।

