बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
काठमाण्डौ । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बार तथा मनोरञ्जनस्थलमा सोमबार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घटनामा केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।थाइल्यान्डका उपप्रधानमन्त्री तथा गृहमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट हालसम्म २७ जनाको शव...

