बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्डको समय घटाइयो, यात्रुलाई सात मिनेटसम्म समय बचत हुने
काठमाण्डौ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सवारीसाधनलाई लागू हुँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ। ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्मको १४.२ किलोमिटर दूरी पार गर्न तोकिएको समय घटाएर नयाँ व्यवस्था लागू गर्ने निर्णय गरिएको हो।कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा मंगलबार बसेको समन्वयात्मक...

