जनतालाई सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य : अर्थमन्त्री
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगञ्जमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा महतले भने, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउछौं, आवश्यक पूर्वाधार...