काठमाण्डौ । बाराको सिमरामा आन्दोलनरत जेनजी युवालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वार्ताका लागि आह्वान गरेका छन् । सबै विषय वार्ता र संवादबाटै हल गर्नुपर्ने भन्दै मिश्रले वार्ताको आह्वान गरेका हुन् ।
उनले वार्ताका लागि प्रशासन कार्यालयमा आउन भनेका छन् ।
यद्यपी जेनजी युवाले प्रशासन कार्यालय आउन सक्ने वातावरण नरहेको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने माग राखेका छन् । जेनजी युवाहरुले बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आजपनि प्रदर्शन जारी राखेसँगै सिमरामा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाएको छ ।

