बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले दशौं बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा आगामी कात्तिक २० गते बिहिबारका दिन भक्तपूरको सूर्यविनायकमा रहेको डालेश्वर भिलेज रिसोर्टमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । सभामा हकप्रदबाट प्राप्त हुने रकमको उपयोग तथा हकप्रद जारी...