काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत भएको छ । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा आगामी वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । अधिकारीले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै कम्पनीको सञ्चालक समितिसमक्ष गत फागुन १ गते राजीनामा पेश गरेका थिए ।
यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको सिंकोस हाईड्रोपावरको सञ्चालक समितिमा कम्पनीको तर्फबाट सञ्चालक विदुर अधिकारीलाई चयन गर्ने निर्णय गरेको छ ।