पोखरामा भारतीय पर्यटकको लहर, होटलदेखि मुक्तिनाथसम्म चहलपहल
काठमाण्डौ । पछिल्ला दुई महिनायता पोखरा र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। भारतमा गर्मी बढ्नु, विद्यालय–कलेजमा बिदा हुनु, सहज सडक पहुँच, डिजिटल भुक्तानी प्रणाली र सामाजिक सञ्जालमार्फत पोखराको प्रचारले भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

