भारतीय प्रधानसेनापति धिरज सेठ साउन ३१ गते नेपाल आउँदै
काठमाण्डौ । भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ आगामी साता नेपाल भ्रमणमा आउने भएका छन्।उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आइपुग्ने तयारी छ। सेठले सन् २०२६ जुन ३० मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।नेपाल र भारतका बहालवाला प्रधानसेनापतिलाई एकअर्का देशको सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने पुरानो परम्परा छ। सोही परम्पराअनुसार...

