लिपुलेकमा भारतको अडान यथावत्, नेपालको दाबीलाई फेरि अस्वीकार
काठमाण्डौं । भारतले लिपुलेक क्षेत्रबारे नेपालले उठाउँदै आएको दाबीलाई पुनः अस्वीकार गर्दै आफ्नो पुरानै अडान दोहोर्याएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा लिपुलेक हुँदै सञ्चालन हुने कैलाश मानसरोवर मार्ग नयाँ विषय नभएको बताएका हुन् ।

