पोखरामा भाट–भटेनी सुपरस्टोर पुनः सञ्चालनमा
काठमाण्डौ । भाट–भटेनी सुपरमार्केट अन्तर्गत पोखरास्थित सुपरस्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार, स्टोरले आजदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्नेछ। केही समयदेखि बन्द रहेको उक्त स्टोर पुनः सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरूलाई सहज रूपमा किनमेल सेवा उपलब्ध हुने विश्वास गरिएको छ।

