भूगोल इनर्जी २९ लाख नाफामा, आम्दानी र ईपीएसको अवस्था कस्तो ?
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।जसअनुसार कम्पनी २९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६० लाख ४५ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनी नाफा आर्जन गर्न सफल भएको छ ।कम्पनीले यो अवधिसम्म...

