सोमबार, असार २,२०८२ 08:33:29
  • सोमबार, असार २,२०८२ 08:33:29
Global IME Bank Limited

आम्दानी ७६% ले बढेपछि भूगोल इनर्जीे घाटा घटाउन सफल, रिजर्भ अझै २५.७ करोडले ऋणात्मक

Hyundai Nepal
आम्दानी ७६% ले बढेपछि भूगोल इनर्जीे घाटा घटाउन सफल, रिजर्भ अझै २५.७ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आव २०८०/८१ को चोथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार कम्पनी यो अवधिसम्म ४ करोड ५७ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ७२ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनीले घाटा कम गर्न सफल भएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७६.६२ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी २ करोड ८४ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च ५८ लाख ५९ हजार, ह्रासकट्टी खर्च २ करोड ३९ लाख र वित्तीय खर्च ५ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार भने अझै ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २५ करोड ७ लाख रुपैयाँले ऋणात्मक छ । गत आवको चौथो त्रैमाससम्म पनि कम्पनीको रिजर्भ २० करोड ५० लाख रुपैयाँले ऋणात्मक नै थियो ।  

कम्पनीको अल्पकालिन ऋण २ करोड ७ लाख रुपैयाँ र दीर्घकालिन ऋण ५२ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २५ करोड ४ लाख रुपैयाँ र कुल चालु दायित्व ६ करोड ६७ लाख रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ५४ करोड ४० लाख रुपैयाँबराबर रहेको छ ।    

कम्पनीको प्रतिसेयर नेटवर्थ(त्रैमासिक) ८.४१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५३.९० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५२.७९ गुणा ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६२.९४ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.