विपिन जोशीको शव नेपाल ल्याइँदै
काठमाण्डौ । हमासको नियन्त्रणमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइने भएको छ । सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्ला स्थायी ठेगाना भएका जोशीका शव सोमबार स्वदेश ल्याइने भएको हो । उनको शव सोमबार दिउँसो फ्लाई दुबईको विमानमार्फत् काठमाण्डौ ल्याइनेछ।

