काठमाण्डौ । हमासको नियन्त्रणमा मारिएका विपिन जोशीको शव नेपाल ल्याइने भएको छ । सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्ला स्थायी ठेगाना भएका जोशीका शव सोमबार स्वदेश ल्याइने भएको हो ।
उनको शव सोमबार दिउँसो फ्लाई दुबईको विमानमार्फत् काठमाण्डौ ल्याइनेछ।
विपिन जोशीलाई हमासले गत २०२३ अक्टुबर ७ किबुत्ज क्षेत्रबाट नियन्त्रणमा लिदै बन्धक बनाएको थियो ।
उनी अध्ययनको सिलसिलामा इजरायल गएका थिए । उनको अवस्था लामो समयसम्म अज्ञात थियो । तर गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।