एलपी ग्यास वितरण अनुगमन तीव्र, दुई व्यवसायलाई ३ लाख बढी जरिवाना
काठमाण्डौ । मोरङमा एलपी ग्यासको वितरण तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको संयुक्त बजार अनुगमनका क्रममा दुई व्यवसायलाई कारबाही गरिएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार अनुगमनका क्रममा एक ग्यास पसललाई निरीक्षणमा सहयोग नगरेको भन्दै जरिवाना गरिएको छ भने एक ग्यास उद्योगलाई कम तौल र म्याद गुज्रिएका सिलिण्डरमा ग्यास भरेर बिक्रीको तयारी गरेको भेटिएपछि...

