पर्यटकले खचाखच भरियो बन्दीपुर, होटलमा कोठा नपाएर डुम्रेसम्म पुग्नुपर्ने बाध्यता
काठमाण्डौ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ। चाडपर्वको बिदा र मुख्य पर्यटकीय यामका कारण बन्दीपुर घुम्न पुग्ने पर्यटकको संख्या बढेसँगै त्यहाँका होटल तथा होमस्टे भरिभराउ भएका छन्।पर्यटकको आगमन बढेपछि बन्दीपुरको ऐतिहासिक बजारमा चहलपहल बढेको छ। होटलमा कोठा पाउनसमेत मुस्किल हुन थालेको छ। कतिपय पर्यटकले...

