आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार
काठमाण्डौ । मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारको विषयमा एउटा मात्रै बुँदा अटाएको छ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकतामा राख्दै यसअघि विभिन्न संघ संस्थाहरुबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने जनाइएको थियो । वर्षमान पुनले अर्थमन्त्री बने लगत्तै धितोपत्र बोर्ड , नेप्से ,सीडीएससी , विभिन्न लगानीकर्ताका सघं , ब्रोकर तथा...