विश्व अर्थतन्त्र

बीस दिनमै २०० अर्ब डलरको कमाई ? सेयर हो कि पैसा छाप्ने मसिन !

काठमाण्डौ । एआई चिप बनाउने अमेरिकी कम्पनी एनभिडिया कर्पोरेशनको शेयरमा उकालो लाग्ने क्रम जारी छ । शुक्रबार ४ दशमलव १७ प्रतिशतले बढेर बन्द भयो ।  यो वर्षको पहिलो २० दिनमा करिब २७ प्रतिशतले बढेको छ । यस अवधिमा, यसको मार्केट क्याप २०० बिलियन डलरभन्दा बढीले बढेको छ ।  पहिलो पटक, कम्पनीको बजार पूंजीकरण १५० ट्रिलियन डलर नजिक पुगेको छ ।