विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी
काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो पहिलो पिक अप ट्रक‘ सार्क’ लाई पहिलोपटक चीनबाहिर डेब्यू गरेको छ । कम्पनीले मेक्सिको सिटीमा पिकअप ट्रक ‘बीवाईडी सार्क’ लाई सार्वजनिक गरेको हो । २०२४ बीवाईडी सार्क ५०० माईलको गति लिन सक्ने प्लग–इन हाईब्रिड पावरट्रेन भएको मिडसाइज ट्रक हो । उत्तर अमेरिकामा चिनियाँ ईभी सवारीका बारेमा उत्पन्न भईरहेको तमाम विवादहरुका बीच...