बाढीले बगाएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा फैलिएको भिडिओबाट पहिचान, चितवन प्रहरीले थाल्यो अनुसन्धान
काठमाण्डौ । रसुवाको विनाशकारी बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा उनीहरूको पहिचान गरी बिहीबार दिउँसो पक्राउ गरिएको हो।चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर...

