Capital Market

आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले दिए सेबोनमा आवेदन

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै ३ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबान)समक्ष आवेदन पेश गरेका छन् । जसमा दुईवटा जलविद्युत र एउटा लघुबीमा कम्पनी रहेका छन् ।  सेञ्चुरी इनर्जी लिमिटेडले मंसिर १४ गते, ह्याबिट्याट पावर कम्पनीले मंसिर २१ गते र लिबर्टी माइक्रो इन्स्योरेन्सले मंसिर २० गते आवेदन दिएका हुन् ।