सानिमा बैंकका ग्राहकले सिजी डिजिटलमा सामान खरिद गर्दा २५% सम्म छुट पाउने
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।