सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गत २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको ससञ्चत कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई लाभांश घोषणा गरेको हो ।