बाढीले विच्छेद डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म सञ्चालनमा ल्याउने तयारी
काठमाण्डौ । पछिल्लो बाढी र पहिरोका कारण मनाङको सडक यातायात प्रभावित भएपछि डुम्रे–बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा ल्याउन तीव्र रूपमा काम भइरहेको छ। सडक विभागले सबै अवरोध हटाउन सके शुक्रबारसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।विभागका अनुसार चामेको रामबजार क्षेत्रमा खसेको पहिरो हटाएर सवारी सञ्चालन सुरु भइसकेको छ। तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा भने अझै...

