दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा मंसिर १२ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको छ ।

