मंगलवार, आश्विन १३,२०८३ 08:55:54
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:55:54
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Bizshala
आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
New Office

काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दार्चुला पावर लिमिटेडको स्थापना जलविद्युत आयोजना विकास तथा सञ्चालनको लागि गरिएको कम्पनी हो । जसको प्रमुख उद्देश्य राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन गरी आपूर्ति गर्नु भएको कम्पनीले जनाएको । कम्पनीले हाल २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभर प्रकारको आयोजना हो, जुन दार्चुला जिल्लाको मार्मा गाउँपालिका, सुदूरपश्चिम प्रदेश, नेपालको सुदुर पश्चिमी क्षेत्रमा अवस्थित छ । उक्त आयोजनाको निर्माण कार्यहरु दु्रतगतिमा अगाडि बढेको छ भने आगामी डेढ बर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइन

मा जोड्ने लक्ष्य कम्पनीको रहेको जानकारी गराएको छ ।

यस कम्पनीको प्रमुख प्रवद्र्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो । जुन नेपालको विद्युत क्षेत्रमा अग्रणी कम्पनी हो र यस कम्पनीको मुख्य कारोबार राष्ट्रिय प्रसारण लाइनमा विद्युत उत्पादन तथा आपूर्ति गर्नु हो । दार्चुला पावर लिमिटेडमा अपिपावर कम्पनी लिमिटेडको प्रमुख सेयर स्वामित्व रहने गरी लगानी गरेको छ र प्रवद्र्धकको रूपमा परियोजनाको विकासको लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.