बाजेको सेकुवाको ‘CARE-NP BBB’ इश्युअर रेटिङ पुनः पुष्टि, आईपीओ तयारी अघि बढ्दै
काठमाण्डौ । बाजेको सेकुवा लिमिटेडले पूँजी बजारमा प्रवेश गर्ने तयारी गरिरहेका बेला कम्पनीको ‘CARE-NP BBB (Is)’ इश्युअर रेटिङ पुनः पुष्टि भएको छ। CARE Ratings Nepal Limited ले कम्पनीलाई प्रदान गरेको उक्त रेटिङ पुनः कायम राखेको हो।‘CARE-NP BBB (Is)’ रेटिङले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने मध्यम स्तरको क्षमता रहेको तथा कर्जा जोखिम पनि मध्यम रहेको संकेत गर्छ। कम्पनीको लामो सञ्चालन इतिहास, स्थापित...

