शुक्रबार, असार २६,२०८३ 07:52:01
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:52:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गरेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि  २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणमा आईपीओ खुलाएको हो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले ३९ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्टाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई रेटिङ संस्था केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्स्योयर रेटिङ प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्ने विषयमा मध्यम जोखिम रहेको जनाउछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.