मंगलवार, कार्तिक ३,२०८३ 05:35:45
  • मंगलवार, कार्तिक ३,२०८३ 05:35:45
Global IME Bank Limited

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ

Bizshala
दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ
New Office

काठमाण्डौ । साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति माग्दै ३ दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्षबिहिन हुँदा ३५ कम्पनीले समयमा नै आइपीओ जारी गर्न पाएका छैनन् ।  

लामो समयसम्म बोर्डमा स्थायी अध्यक्ष नहुँदा ३५ वटा कम्पनीको २७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डमा आइपीओ निष्कासनको अनुमति स्वीकृत गर्ने आधिकारिक व्यक्ति नहुँदा कम्पनीहरुले समयमै सेयर निष्कासन गर्न नपाएका हुन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तर अब पाइपलाइनमा रहेका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन गर्ने भएका छन् । हाल धितोपत्र बोर्डमा अर्थमन्त्रालयको प्रतिनिधि अध्यक्षको रुपमा महेश बराल छन् । लामो समयसम्म आइपीओ निष्कासनको अनुमति माग्दै बोर्डको पाइपलाइनमा रहेका विभिन्न कम्पनीहरुले स्थानीय तथा सर्वसाधारणहरुको लागि आइपीओ जारी गर्नेछन् ।  

पाइपलाइनमा रहेका कम्पनीहरुको फाइल हेरेर आइपीओ जारी प्रक्रिया अघि बढाउने बरालले बताएका छन् । कम्पनीहरुको वित्तीय अवस्था हेरेर स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने वा नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरुको हकमा भने बोर्डले थप अध्ययन गरेर मात्रै आइपीओ जारी गर्न दिने वा नदिने निर्णय गर्ने बरालले बताए ।  

उनका अनुसार वित्तीय अवस्था राम्रो भएका कम्पनी अर्थात् ९० रुपैयाँ भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुलाई चाँडै आइपीओ निष्कासन गर्न दिइनेछ । यसर्थमा अब सर्वसाधारणले छिट्टै आइपीओ भर्न पाउने भएका छन् ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

भर्खरै नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैंमा पाएको दक्षिणा रकम बचाएर आउँदो आइपीओहरु धमाधम भर्ने उपयुक्त अवसर हुन सक्छ । दशैंमा टीका लगाएर पाएको दक्षिणा फजुल खर्चन नगरी बचत गरेर अब निष्कासन हुने आइपीओहरु भर्न सकिनेछ । धितोपत्र बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनी आइपीओ निष्कासनको पर्खाइमा छन् । ढिलो चाँडो उक्त कम्पनीहरुको आइपीओ अवश्य निष्कासन हुनेछ । यसकारण दशैंको दक्षिणा जोगाएर आइपीओ भर्ने उपयुक्त अवसर हुन सक्छ ।  

धितोपत्र बोर्डको पाइपलाइनमा अधिकांश हाइड्रोपावर कम्पनीहरु छन् । १७ वटा हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको लागि बोर्डमा निवेदन पेश गरेका छन् । १७ हाइड्रोले कुल ६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ बराबरको ६ करोड ४२ लाख १३ हजार कित्ता आइपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेका छन् । हाइड्रो कम्पनीहरुले स्थानीय र सर्वसाधारण गरी दुई चरणमा आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।  

त्यस्तै, ५ वटा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले पनि आइपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेका छन् । जसमा तीन सिमेन्ट कम्पनी र दुई उत्पादन कम्पनी रहेका छन् । पाँचवटै कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएका हुन् । यी कम्पनीहरुले  १६ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको ५ करोड ४० लाख ४० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेका छन् ।  

त्यस्तै, ९ वटा कम्पनी भने अन्य समूहतर्फबाट रहेका छन् । जसमा डिस मिडिया नेटवर्क, एपेक्स हस्पिटालिटी, ह्याम्स हस्पिटल, अन्नपूर्ण केबलकार, प्युअर इनर्जी, अकर्ड फर्मास्युटिकल्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन र आइएमई लिमिटेड रहेका छन् । यी कम्पनीहरुले कुल २ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ बराबरको २ करोड ५४ लाख २५ हजार कित्ता आइपीओ निष्कासनको लागि निवेदन दिएका छन् ।  

यसका साथै होटल समूहतर्फबाट भने अर्किड होल्डिङ्स र होटल फरेष्ट इन रहेको छ । यी दुई होटलले पनि साधारण सेयर जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् । अर्किडले १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता र होटल फरेष्ट इनले ९८ करोड रुपैयाँको ९८ लाख कित्ता आइपीओ जारी गर्न सेबोनसँग अनुमति मागेको हो ।  

त्यस्तै, स्वस्तिक लघुवित्तले ८० लाख  रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ र बरुण इन्भेष्टमेन्ट लिमिटेडले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.