मंगलवार, आश्विन १३,२०८३ 11:02:12
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:02:12
Bizshala
Global IME Bank Limited

मेटलाइफ नेपाल र बीमा गोजिमा एपबीच विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक

Bizshala
मेटलाइफ नेपाल र बीमा गोजिमा एपबीच विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक
New Office

काठमाण्डौ । मेटलाइफ नेपालले डिजिटल प्लेटफर्म बीमा गोजिमा मार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्ट प्रालिसँग साझेदारी गर्दै, ग्राहकहरूलाई मोबाइल एपबाटै सहज रूपमा खरिद गर्न सकिने विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक गरेको छ ।

यस साझेदारीमार्फत बीमा गोजिमा सदस्यहरूका लागि विशेष रूपमा तयार गरिएको सरल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुने छ । अब केही आधारभूत के वाईसी  विवरण भरेर नै ग्राहकहरूले आफ्नो फोनबाटै आवश्यक बीमा सुरक्षा छान्न र खरिद गर्न सक्नेछन् । जसले बीमा लिनु अझ छिटो, सजिलो र पहुँचयोग्य बनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्याकेजमा समावेश मुख्य सुरक्षाः

–टर्म लाइफ इन्स्योरेन्स

–एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी

–क्रिटिकल इलनेस कभर – योजनामा समावेश गम्भीर रोग पुष्टि भएमा आर्थिक सहायता प्रदान गर्छ ।

–एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट – दुर्घटनाका कारण भएको उपचार खर्च कभर गर्छ ।

ग्राहकहरूले स्ट्यान्डअलोन टर्म लाइफ योजना वा आफ्ना आवश्यकताअनुसार टर्म लाइफ प्लस एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, टर्म लाइफ प्लस क्रिटिकल इलनेस, वा टर्म लाइफ प्लस एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी प्लस क्रिटिकल इलनेस प्लस एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट जस्ता मिश्रित प्याकेजहरू छान्न सक्छन् ।

कम्पनीले यस सहकार्यले डिजिटल–फस्र्ट ग्राहकहरूलाई सहज र आधुनिक बीमा यात्राको अनुभव प्रदान गर्दै बीमा सुरक्षणलाई अझ सुलभ बनाउने लक्ष्य राखेको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत, अरुण बहादुर बस्नेतले भने ‘हामी नेपाली ग्राहकलाई सरल र भरपर्दो बीमा सुरक्षण प्रदान गर्ने यात्रामा छौं । बीमा गोजिमा सँगको यो सहकार्य डिजिटल बीमा पहुँचलाई नयाँ स्तरमा लैजाने महत्वपूर्ण कदम हो । यसले ग्राहकलाई अझ सजिलो, छिटो र पारदर्शी तरिकाले आफ्नो भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ ।’

मेटलाइफसँगको साझेदारी सम्बन्धमा नियोअस्योरको महाप्रबन्धक युगेन गौतमले भन्नु भयो, ‘मेटलाइफ नेपालसँगको हाम्रो साझेदारीले प्रविधि र विश्वसनीय सुरक्षाको शक्तिशाली पङ्क्तिबद्धतालाई प्रतिनिधित्व गर्दछ । यस सहकार्यले, बीमा गोजिमाले गुणस्तरीय जीवन बीमालाई पहिलेभन्दा अझ पहुँचयोग्य बनाउँदैछ, ग्राहकहरूलाई सूचित निर्णयहरू गर्न र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्षम बनाउँदैछ ।’

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.