शुक्रबार, असार २६,२०८३ 11:28:46
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 11:28:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'सीईओ/डिसीईओ नै पक्राउ परेपछि बैंकमा ठूलै समस्या होला भन्ने त्रास थियो, ग्राहकले विश्वास गरे, धन्न केही भएन !'

Laxmi Sunrise Bank Limited
'सीईओ/डिसीईओ नै पक्राउ परेपछि बैंकमा ठूलै समस्या होला भन्ने त्रास थियो, ग्राहकले विश्वास गरे, धन्न केही भएन !'

काठमाण्डौ । प्रभू बैंकका सीईओ अशोक शेरचनसहितका तीन उच्च पदस्थ पक्राउ परे पनि बैंकको दैनिक कार्यसम्पादन तथा ग्राहकहरुको मनस्थितिमा कुनै प्रभाव नपरेको देखिएको छ ।  

हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुख्य कार्यालयबाटै सीईओ, डिसीइओसहितका तीन उच्च पदस्थ कर्मचारीलाई बैंकिंग कसूरको आरोपमा पक्राउ गरेको थियो । 

New Office
CG Motors
Garima Development Bank

सो घटनापछि बैंक सञ्चालक समितिले राति आकस्मिक बैठक बोलाएको थियो । सो बैठकमा उच्चपदस्थ पक्राउपछि बैंकबाट निक्षेप निकाल्ने क्रम बढ्नसक्ने र ग्राहकहरु अत्तालिनसक्ने जोखिमको समेत विश्लेषण गरिएको थियो । यिनै जोखिमहरुलाई आधार मानेर सञ्चालक समितिले निरज लम्साललाई कामू सीईओको जिम्मेवारी दिएको थियो ।  

हिजै रातिको बैंकको सञ्चालक समितिको बैठकले केही उच्चपदस्थहरुलाई सोमबार बिहान बैंक खुलेपछि देशभरका शाखाहरुको अवस्थाको विषयमा अपडेट गराउन निर्देशन दिएको थियो । सोही निर्देशनपछि खटिएको बैंकको टोलीले हिजोको घटनाकै कारण कुनै पनि शाखाबाट अस्वभाविक रुपमा निक्षेप ननिकालिएको, बैंक आएका ग्राहकहरुमा समेत अत्यासको अवस्था नदेखिएको र बैंक अरु समयजस्तै नर्मल अवस्थामा रहेको रिपोर्टिंग गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'कुनै जोखिम आउला भन्ने निकै ठूलो डर थियो । तर, त्यस्तो भएन । ग्राहकले हाम्रो बैंकप्रतिको विश्वासलाई कायमै राखिदिनुभयो ।' एक उच्च पदस्थ कर्मचारीले बिजशालासँग भने-'बाहिर हल्ला चलेजस्तो बैंकमा अब समस्या आउँदैन । एकदुईजना गलत प्रवृतिका व्यक्ति पक्राउ पर्दैमा समग्र संस्था नै जोखिममा पर्छ भन्ने भाष्य जसरी निर्माण गरियो, ग्राहकहरुको विश्वासले ती सबै कुराको एकमुष्ठ खण्डन गरिदिएको छ ।'  

यसैबीच, प्रभू बैंकको सञ्चालक समितिले नयाँ परिस्थितिको विषयमा छलफल गर्न भन्दै उच्च व्यवस्थापनलाई आज ३ बजे बोलाएको छ । सो बैठकमा सञ्चालक र उच्च पदस्थ कर्मचारीहरुबीच बैंकलाई व्यवस्थित ढंगले अगाडि बढाउने विषयमा छलफल हुने बुझिएको छ ।  

बैंकको भावी नेतृत्व, ग्राहकहरुमा अझ बढी विश्वास आर्जन गर्ने उपाय लगायतको विषयमा समेत छलफल हुने स्रोतको दाबी छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.